मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से १८ दशमलव ५४ अङ्कले घटेर २ हजार ८२९ दशमलव २९ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २२२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस