रुकुममा बस दुर्घटना : १४ घाइते, ३ को अवस्था गम्भीर

रुकुम । दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस आज बिहान मुसिकोटमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

हिजो साँझ दाङ्को तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगाको लागि छुटेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका १२ को पितिबाङ् खोलामा दुर्घटना भएको हो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री