काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा सबै तिर फैलिएकाले सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।
अधिकांश नदीहरुको जल सतह समेत बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन आग्रह गरिएको छ । यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेकाले पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भू–भागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ ।
भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले आह्वान गरेको छ ।
प्रतिकृया दिनुहॊस