ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

काठमाडौं । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासँग ठोक्किएर दुर्घटना भएको हो ।

४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट आईरहेको डुंगासँग ठोक्किएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा हालिएका भिडियोहरुमा डुंगा ठोक्किएपछि नदीमा खस्दै गरेका र डुंगामा झुण्डिने कोशिस गरिरहेकाहरुको दर्दनाक दृष्य देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा भईरहेको जनाउनु भएको छ । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री