पंजशीलको संघर्ष रोक्न तालिबानसँग वार्ताका लागि अहमद मसुद तयार

एजेन्सी । अफगानिस्तानको पंजशीलमा जारी संघर्षकाबीच विरोधी समूहले तालिबानसँगको शान्ति वार्ताका लागि ढोका खुला रहेको जनाएको छ । अहमद मसूदले भने धार्मिक नेताहरुले संघर्ष अन्त्य गरेर तालिबानसँग सम्झौताका लागि ल्याएको प्रस्तावलाई आफूले समर्थन गरेको जनाएका छन् ।

यसअघि पंजशीरमाथि तालिबानले लगातार कब्जा अभियान अघि बढाएको समाचार आएको थियो । राजधानी काबुलभन्दा उत्तरी क्षेत्रमा रहेको यो प्रान्त एक्लै हालसम्म तालिबानसँग संघर्ष गरिरहेको छ ।

१५ अगस्टमा नै अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपनि यो प्रान्तमा प्रवेश गर्न सकेका थिएनन् । एक फेसबुक पोस्टमा नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का प्रमुख मसुदले आफू युद्ध रोक्न तयार रहेको भन्दै आक्रमण बन्द गर्न तालिबानलाई आग्रह गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री