काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा हालेको मुद्दाको आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजनविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
आफ्नो पार्टीबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि एमाले अध्यक्ष ओलीले गत बुधबार सर्वाेच्च अदालतमा मुद्दा हालेका हुन् । निर्वाचन आयोगविरुद्ध दायर रिट निवेदनमा बदनीयतपूर्ण र अनधिकृत व्यक्तिहरूले गरेको हस्ताक्षरलाई मान्यता दिएको दाबी गर्दै अन्तरिम आदेश माग गरिएको छ ।
यस्तै आफूले कारबाही गरेका १४ जना एमाले सांसदलाई पदबाट हटाउने निर्णय नगरेको अभियोग सभामुख अग्नि सापकोटालाई लगाइएको छ ।
तपाईंको प्रतिकृया




