आदर्श कन्या निकेतनलाई सिद्धार्थ बैंकको कम्प्युटर सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई प्रिमन्टर र कम्प्युटर सहयोग गरेको छ । बैंकले भदौ १० गते ललितपुर मनगरपालिका मंगलबजारको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो  ।

उक्त सहयोग, बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरे । शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त प्रिन्टर तथा कम्प्युटर विद्यालयलाई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री