नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सिन्धुली माडीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ।

सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले हाल ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैंकिङ सेवा दिदैँ आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको सो बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस