कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले पाँचतारे होटेल सोल्टीमा विशेष छुट पाउने भएका छन्।

बैंकका ग्राहकलाई छुट दिने विषयमा कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइज प्रालिबीच सम्झौता भएको हो।

सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले सोल्टीमा सेवामा लिएबापत १० प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौमा रहेको सोल्टी क्राउन प्लाजा र नेपालगन्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियरमा सेवा लिएबापत छुट पाउनेछन्।

सेवा लिएबापतको भुक्तानी गर्दा एटीएम वा अन्य प्रमाण देखाएमा पाइने बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री