सिटी एक्सप्रेस र ट्यापट्याप सेन्ड युकेबीच सम्झौतामा

काठमाडाैं । ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

उक्त काराेबार सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फेयले हस्ताक्षर गरेका छन् ।

याेसँगैं युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त पैसा नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री