कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो, बुझाइयो देउवालाई प्रतिवेदन

काठमाडौँ ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगिएको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हाे ।

देउवा निवास बुढानीलकण्ठमा विवाद समाधान समितिमा रहेका नेताहरू पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन बुझाएका हुन् । साँझसम्म गृहकार्य गरेर विवाद मिलेपछि सभापति समितिले देउवालाई प्रतिवेदन बुझाएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

सदस्यतामा रहेको विवाद समाधानका लागि गत साउन ३० गते पूर्वमहामन्त्री सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । समितिलाई भदौ २ गतेसम्म क्रियाशील सदस्यता विवरण बुझाउने समय दिइएको थियो । पार्टीको १४ औं महाधिवेशनको मिति आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि कार्यतालिकासहित निर्धारण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after