एसईईको नतिजा प्रकरण : दोषीलाई तत्काल निलम्बन गर्न नेविसंघको माग

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा गम्भीर त्रुटी भएको भन्दै दोषीमाथि तत्काल कारवाही गर्न नेपाल विद्यार्थी संघले सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गरी दोषी ठहरिएका परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरेर कारवाही गर्न आज सरकारको ध्यानाकर्षण गराएको हो ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।

कक्षा १ देखि उच्च शिक्षासम्मको पाठ्यक्रम परिमार्जन गर्दा, योजना र कार्यक्रम तर्जुमा गर्दा सबै सरोकारवालासँग व्यापक छलफल गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

ज्ञापन पत्रमार्फत नेविसंघले गणित विषयलाई अनिवार्यबाट हटाएर ऐच्छिक विषय बनाइएको प्रति पनि आपत्ति जनाएको छ ।

शिक्षामन्त्री पोखरेलले नतिजाको त्रुटीबारे छानविन गर्न समिति गठन गरिएको भन्दै समितिको प्रतिवेदनका आधारमा कारबाही गर्ने बताएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

यसअघि हिजो नेविसंघका अध्यक्ष नैनसिँह महरले विज्ञप्ती जारी गरेर एसईई परीक्षाको नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै शिक्षा मन्त्री पोखरेलको राजीनामा माग गरेका थिए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

‘रविरत्न’माथि घरबेटीलाई बलात्कार गरेको आरोप

काठमाडौं । केही समयदेखि युट्युबमा उछृंखल अन्तर्वार्ता दिँदै हिँडेका रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ गरेका छन् । झण्डै एक वर्ष अघि काठमाडौँकै ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहॊस