काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको असार मसान्तसम्मा ७१ करोड ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्म नागरिक लगानी कोषले २१ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १३ करोड १७ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
कोषले आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३ करोड ८२ लाख रुपैयाँ रहेको छ । लाभांश आम्दानी १ करोड ३३ लाख ४२ हजार रुपैयाँहुँदा विविध आम्दानी २ लाख १५ हजार रुपैयाँ रहेको छ कोषको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ११ पैसा रहेको छ ।
तपाईंको प्रतिकृया




