नेपाल एसबीआई बैंकको नाफा ३७.३८ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा  अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले घटेको छ ।  सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३८.५१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २० करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म घटेर १ अर्ब ३५ करोड रुपैयाँमा सीमित रहेको  छ।

बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस