काठमाडौं । सनराइज बैंकले ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा विस्तार गरेकाे छ ।
बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.-३ नौबस्तामा ८५ औं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. -९ चेतनगर विर्तामा ८६ औं र सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. -५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेकाे हाे ।
बैंकले यि तीन स्थानकाे सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएकाे छ ।
तपाईंको प्रतिकृया




