काठमाडाैं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।
बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरेकाे हाे ।
मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजारसम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
तपाईंको प्रतिकृया



