अफगानिस्तानमा रहेका नेपालीको उद्धारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले त्यहाँ नेपालीको अवस्था बारे जानकारी लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

उनले नेपालीका लागि आवश्यक समन्वय, अभिभावकत्व र सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए । ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री