अफगानिस्तानमा अमेरिकाको अपमान भयो, बाइडेनले राजीनामा दिनुपर्छ : ट्रम्प

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकाको अपमान भएको टिप्पणी गरेका छन् । ट्रम्पले आफु भएको भए अफगानिस्तानमा अमेरिकाको अवस्था फरक हुने थियो भन्दै बाइडेनको राजीनामा माग गरेका छन् ।

बिबिसीका अनुसार ट्रम्पले अफगानिस्तान प्रकरणमा पुरै रुपमा फेल भएको भन्दै राष्ट्रपति जो बाइडेनले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । उनले भनेका छन्- ‘अफगानिस्तानमा जसको लागि उनले अनुमति दिए त्यस अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’

आफु राष्ट्रपति भएको भए अमेरिका अफगानिस्तानबाट निस्किने प्रक्रिया बिल्कुल अलग र सफल हुने दाबि उनले गरेका छन् । यसैबीच बाइडेन प्रशासनले ट्रम्पलाई जवाफ दिदै अमेरिकी-तालिबान सहमति ट्रम्प राष्ट्रपति हुदा नै भएको बताएको छ ।

ट्रम्पले तालिबानसँग सहमति गरेपनि अफगानिस्तानको- अहिलेसको अवस्थाका लागि बाइडेन प्रशासन जिम्मेवार भएको विश्लेषण भइरहेको छ । विदेशमन्त्री एन्थनी ब्लिंकनले सिएनएनसँगको कुराकानीमा अफगानी सेना अनुमान गरे भन्दा पहिलानै ढलेको प्रक्रिया दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री