अफगानिस्तान कब्जा गर्न तालिबान आक्रामक

काठमाडौँ । अफगानिस्तानको दक्षिणी शहर कान्दहार विमानस्थलमा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसारकान्दाहार विमानस्थलमा कम्तिमा तीन रकेट प्रहार भएका छन् ।

हमला तालिबानले गरेको बताइएको छ । गएराती भएका त्यो हमलापछि विमानस्थल बन्द गरिएको छ । तालिबानले अफगानिस्तानका अधिकांश ग्रामिण इलाका कब्जा गरेपछि अब शहरी इलाका कब्जा गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

गएराती देखि अफगानिस्तानका दक्षिणी भागका तीन शहर हेरात, लश्कर गाह र कान्दाहारमा आक्रमण तिब्र पारेको बिबिसीले उल्लेख गरेको छ । तिनै शहरमा तालिबानका लडाकुहरु प्रवेश गरिसकेको र घरमा लुकेर बसेको बताइएको छ । अहिले यी शहरका हजारौंले आफ्नो घर छोडेर भागेका छन् । उनीहरुले अब युद्ध हुने आशंकाले घरे छोडेको र यसले ठुलो मानवीय संकट पैदा हुने देखिएको छ ।

अमेरिकी सैनिकले अफगानिस्तान छोड्ने घोषणापछि आक्रामक बनेको तालिबानले अफगानिस्तानका धेरैजसो इलाका कब्जा गरिसकेको दाबि गरिएको छ । स्थानीयहरुले सामाजिक सञ्जालमा तालिबानले विभिन्न इलाका कब्जा गरेको भिडियो र तस्वीर सार्बजनिक गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री