आइतबार सुनको मूल्य घट्यो, तोलाको कति आज ?

काठमाडौं । आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री