बजेटमाथि विभागीय मन्त्रीहरुले आजदेखि संसदमा जवाफ दिने

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि आजबाट विभागीय मन्त्रीहरुले जवाफ दिँदैछन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको छलफल सकिए लगत्तै विभागीय मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयले विभागीय मन्त्रीले जवाफ दिने कार्यक्रम आजदेखि सुरु गर्नेगरि कार्यसूची तयार पारिसकेको छ ।

आज ७ विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यतालिका छ ।
जसअनुसार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय रहेका छन् । यस्तै, कानुन न्याय तथा संसदीय व्यवस्था, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभागीय मन्त्रीहरुले पनि विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

यस्तै, युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभागीय मन्त्रीको पनि जवाफ दिने पालो तोकिएको छ ।

विभागीय मन्त्रीहरुको जवाफपछि विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमा पेस भएका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस हुनेछन् । उक्त प्रस्तावको छिनोफानोपछि विधेयक पारित प्रक्रिया सुरु हुनेछ। जवाफ दिने क्रम १४ गतेसम्म चल्ने संसद् सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री