भारतमा कोरोना: २४ घण्टामा ४४ हजार संक्रमित, ५५५ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्या स्थिर रहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ५५५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २३ हजार २१७ पुगेको छ । त्यस्तै २४ घण्टामा ४४ हजार २३० संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड १५ लाख पुगेको छ भने अहिले भारतमा ४ लाख ५ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ७ लाख ४३ हजार संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ४५ करोड ६० लाख ३३ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल ४६ करोड ४६ लाख नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८ लाख १६ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस