स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौं । रसियामा जारी विश्वकपको अन्तिम लिग चरण खेलमा स्पेन मोरक्कोसँग बराबरीमा रोकेको छ । हिजो भएको खेलमा स्पेन र मोरक्कोले दुई दुई गोलको बराबरी खेल खेलेको हुन् ।

स्पेनका सर्जियो रामोसले खेलको १४ औ मिनेटमा गल्ती गर्दा मोरक्कोका लागि खालिद बाउटाइबले गोल गरे ।

तर, खेलको १९ औ मिनेटमा स्पेनका इस्कोले बराबरी गोल फर्काए । खेलको ८१ औ मिनेटमा पुनः मोरक्कोले अग्रता बनायो ।

उसका लागि युसुफले गोल गरे । खेलको अन्तिम समयमा स्पेनका लागि इयागो आसापासले गोल गरी खेल बराबरीमा ल्याए ।

त्यसैगरी, हिजो राति भएको खेलमा पोर्चुगलले पनि इरानसँग एक–एक गोलको बराबरी खेलेको छ ।

अति नै रोमाञ्चक खेलको ४५ औ मिनेटमा पोर्चुगलका रिकार्डो क्वारेस्माले गोल गरेका थिए । खेलको ५३ औ मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गरे । त्यस्तै अन्तिम मिनेटसम्म आक्रामक खेल प्रदर्शन गरेको इरान गोल बारम्बार चुक्यो । खेलको ९२ औ मिनेटमा इरानका लागि करिम अन्सारीफर्दले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

३ खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक रहेको छ । समूह बी मा स्पेन बिजेता र पोर्चुगल उपबिजेता बनी अघिल्लो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक रहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस