आयोजक रसियालाई पराजित गर्दै उरुग्वे बन्यो समूह बिजेता

काठमाडौं । आयोजक रसियालाई पराजित गरी उरुग्वे जारी विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणको तीन वटै खेलमा जित निकाली उरुग्वे समूह विजेता बनेको हो । हिजो भएको समूह चरणको अन्तिम खेलमा उरुग्वेले रसियालाई ३–० गोलले हरायो ।

खेल सुरु भएको १०औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिक प्रहारलाई जाली चुमाएका थिए ।

रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्कर फल गरेपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले उक्त अवसरलाई गुमाएनन् । उनको प्रहार सिधै गोलमा रुपान्तरण भयो ।

त्यस्तै २३औँ मिनेटमा लक्साल्टले अर्को गोल थपेपछि उरुग्वेले रुसविरुद्ध २–० को अग्रता बनायो । खेलको ९०औं मिनेटमा इडिन्सन क्याभानीले गोल थपेर आयोजक रसियाविरुद्ध ३–०को जित निश्चित गरे ।

समूह ए बाट विजेता बन्दै उरुग्वे र उपविजेता बन्दै रसिया दोस्रो चरणमा पुगेका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस