मानुषी लघुवित्तको आईपीओ निष्कासन साउन २७ बाट

काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा  बिक्रि   आउँदो साउन २७ गतेबाट आवेदन खुला गरिने भएको छ।

मानुषी लघुवित्त वित्तीय संस्थाले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन  गर्ने भएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

जसमा जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री