काठमाडाैं । प्रभु क्यापिटलले ग्राहकहरुलाई डिम्याट सेवा अन्तर्गत नयाँ डिम्याट योजना समर ‘डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नेछन् । कम्पनीकाे अनुसार याे योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुनेछ ।साथै यस योजना अन्तर्गत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्ने एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन दिएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् ।
नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजना अन्तर्गत डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएकाे छ ।
तपाईंको प्रतिकृया




