भारतमा कोरोना: २४ घण्टामा ३९ हजार संक्रमित, ४१६ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ४१६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार ९६७ पुगेको छ । त्यस्तै २४ घण्टामा ३९ हजार ३६१ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड १५ लाख पुगेको छ भने अहिले भारतमा ४ लाख ११ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ५ लाख ७९ हजार संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ४३ करोड ५१ लाख ९६ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४५ करोड ७४ लाख ४४ हजार नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ लाख ५४ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री