सीता दाहाललाई भेटे वरिष्ठ नेता पौडेलले

काठमाडाैँ । सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेका छन्। सोमबार बिहान खुमलटार पुगी नेता पौडेलले  प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार आफू पनि पौडेलकी छोरी भएकाले सीताले रामचन्द्र पौडेललाई पहिलेदेखि नै दाइ मान्दै आएकी थिइन् ।  बिरामी भएका बेला पनि उनी दाइ आउनु भएन भनेर सोधखोज गर्थिन् । कोरोनाको जोखिम लगायतका कारणले रामचन्द्र पौडेल सीतालाई भेट्न जान पाएका थिएनन् ।

उनले प्रचण्डसँग भेट गरी समसामयिक राजनीतिका विषयमा छलफल पनि गरे । तर उनी आज सीतालाई भेट्नकै लागि प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले बताएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री