पञ्चकन्या माई हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरलाई साधारण सेयर ९आईपीओ० निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीले जेठ ७ गते आइपीओ बिक्रिको अनुमति माग्दै बोर्डमा आबेदन दिएको थियो । सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाइड्रो कम्पनीले जारी गर्न लागेको शेयरलाई क्रेडिट रेटिङ ४ पाएको छ, जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझाउँछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई यस अघि नै गत माघ ५ गते देखि २३ गते सम्म ११ लाख कित्ता आइपीओ बाँडफांड गरिसकेको छ । कम्पनीले यस पटक सर्वसाधारणका लागि थप ११ लाख कित्ता आइपीओ बिक्रि गर्न लागेको हो । पञ्चकन्याको जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ छ ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए …

प्रतिकृया दिनुहॊस