तरकारी बोक्ने गाडी दुर्घटना : एकको मृत्यु, छ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एक महिलाको मुत्यु भएको छ ।

रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नम्बरको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस