खुल्यो प्रभु बैंकको २२ लाख ३१ हजार कित्ता शेयर लिलामी

काठमाडौं । प्रभु बैंकले आजबाट हकप्रदमा २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलाम गर्दै छ । बैंकले संस्थापक समुह तर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलाम गर्न लागेको हो ।

बैंकले माघ ७ देखि फागुन २३ गतेसम्म १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो ।

शेयर लिलामी प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ । संस्थापक शेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण शेयरका लागि एक सय कित्ता शेयरका लागि निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस