भारतमा कोरोना : थप ३८ हजार संक्रमित, ४९९ मृत्यु

काठमाडाैँ । छिमेकी मुलक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसै गरी पछिल्लो २४ घन्टामा थप ४९९ संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा ३८ हजार ६६० जना संक्रमित निको भएका छन् । ४ लाख २१ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ३ करोड ११ लाख ४४ हजार २२९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १४ हजार १०८ जनाले ज्यान गुमाइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । हालसम्म भारतमा ४० कराेड ६४ लाख डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप