काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री खानले सोमबार सामाजिक सन्जालमार्फत संसदबाट विश्वासको मत हासिल गरेकोमा बधाई तथा शुभकामना दिएका हुन् ।
उनले आउदा दिनमा नेपालसँग पाकिस्तानको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्दै साझा विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छिमेकी मुलक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएराती प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनासाथ बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहॊस