काठमाडाैँ । जर्मनी, बेल्जियम, नेदरल्यान्ड लगायतका पश्चिमी युरोपका देशमा अविरल वर्षाका कारण आएको बाढीमा परी कम्तीमा १२० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै गरी बाढीमा परी हजारौँ मानिस बेपत्ता भएका छन् । युरोपका यी देशमा दशकौँपछि यसरी पहिलो पटक भीषण वर्षा भएको बताइएको छ । ग्रामीण भेगका धेरै घर बाढीले गर्दा भत्किएका छन् । धेरै ठाउँमा मोबाइल सम्पर्क टुटेको छ ।
जर्मनीमा बाढीमा परी मर्नेहरूको संख्या सयभन्दा धेरै छन् । बेल्जियममा २२ जनाले ज्यान गुमाइसकेका छन् । जर्मनीको राइनल्यान्ड-पालाटिनेट र नर्थ-वेस्टफालिया सबैभन्दा बढी प्रभावित भएको छ ।
अधिकारीहरूले जलवायु परिवर्तनको कारणले गर्दा भीषण वर्षा भएको दावी गरेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । बाढीपीडितलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।
तपाईंको प्रतिकृया




