पानीले सर्केर एमाले फिदिम नगर कमिटी सदस्यको मृत्यु

काठमाडाैँ । पानी पिउँदा सर्किएर आज बिहान पाँचथरको फिदिम–४ निवासी चन्द्रकुमार तुम्बापोको ज्यान गएको छ । पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटीका सदस्य चन्द्रकुमार तुम्बापोको निधन भएको हो ।

खाना खाने क्रममा पानी पिउँदा सर्किएर तुम्बापो गम्भिर भएका थिए । उनलाई उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्‍याउँदा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री