ईलाम ।उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । सोलुखुम्बु जिल्ला सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका-७ मा भाडामा बसोबास गरी उच्च अदालत बिराटनगर, ईलाम ईजलासमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।
१ जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरिएको छ।
पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
तपाईंको प्रतिकृया




