भारतमा कोरोना: २४ घण्टामा ४३ हजार संक्रमित, ९११ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण हुनेको संख्या फेरी बढ्न लागेको संकेत देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ९११ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ४ लाख ५ हजार ९३९ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ४३ हजार ३९३ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ७ लाख ५२ हजार पुगेको छ भने अहिले भारतमा ४ लाख ५८ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४४ हजार ४५९ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९८ लाख ८८ हजार संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म ३६ करोड ८९ लाख ९१ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल ४२ करोड ७० लाख १६ हजार नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ९० हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री