काठमाडाैँ । बैतडीमा मृत अवस्थामा एक कर्मचारी फेला परेका छन् । बैतडीको सिगास गाउँपालिको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिका-३६ घर भएका ३६ वर्षीय मीनराज भट्ट मृत अवस्थामा फेला परेका हुन् ।
भट्ट सिगास -२ कुर्चेनेटा भन्ने स्थानमा मृत अवस्थामा फेला परेका थिए । उनी नियुक्ति बुझ्नका लागि गाउँपालिकातर्फ जाँदै थिए । प्रहरीका अनुसार उनी एक्कासि पेट दुखेर ढलेका थिए । मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईंको प्रतिकृया




