नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सेतिदोभान, १४ किलो लगायत बिभीन्न स्थानमा पहिरो गएको कारण बाटो अवरोध जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो बन्द भएको बताएको छ । हिजो सेतीदोभान पहिरो हटाएर एकतर्फी खुलेलगत्तै फेरि बन्द भएको हो ।

पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । सडक बन्द भएपछि गाडी बीचबाटोमै रोकिएका छन् । मनसुन सुरु भएदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री