सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

काठमाडौं । आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैँयाले बढेर प्रतितोला १३२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप