हाइटीमा जहाज दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । हाइटीमा निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जहाजमा ६ जना नै यात्रु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सकाे दक्षिणपश्चिम क्षेत्रमा भएको थियो । मर्नेहरूमध्ये दुई जनाको मात्र शव पहिचान भएको छ । दुबै नागरिक अमेरिकन रहेका छन् । बाँकी चार जनाको भने शव पहिचान हुन सकेको छैन ।

दुर्घटना हुनुकाे कारण भने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री