भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडाैँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप ९३२ जना संक्रमितले ज्यान गुमाएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ५० पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ४२ हजार ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५१ हजार ७७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा कम रहेको छ ।

पछिल्ला तीन दिनयता भारतमा संक्रमणको संख्या घट्दै गइरहेको छ । गत बुधबार ४८ हजार ६०६, बिहीबार ४६ हजार ७८१ र शुक्रबार ४४ हजार १८५ जनामा संक्रमण देखिएको थियो । हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ करोड ५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । यसै गरी ४ लाख १ हजार ५० संक्रमितले ज्यान गुमाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस