पाँचथरमा पहिरोमा परी १ जनाको मृत्यु १ जना घाईते

पाँचथर।पाँचथरको याङवरक गाऊपालिका २ मा  पहिरो सगै झरेको ढुंगाले लागि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवाका ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागि घट्नास्थल नै मृत्यु भएको थियो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । सोमबार   नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरो संगै आएको ढुंगाले लागेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप