विद्यालय भवन र शौचालय हस्तान्तरण

मलंगवा । सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा ५० लाखको लागतमा निर्मित विद्यालय भवन र शौचालय हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

अष्ट्रेलियन सरकारको गैह्र–सरकारी संस्था अष्ट्रेलियन एडको सहकार्य कार्यक्रमको आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग एवं राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित सिकाइ परियोजना अन्तर्गत पर्सा गाउँपालिका, वडा नं–५ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा रु.१३लाख १३हजार ९९७रुपैंया लागतको बालबालिका, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन र वडा नं.–१ स्थित श्री प्राथमिक विद्यालय सितलपुरमा ३६ लाख ४३हजार ३६९ रुपैंयाको लागतमा निर्मित दुईकोठे आर.सी.सी. विद्यालय भवन हस्तान्तरण भएको हो ।

पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय र साझेदारी संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले संयुक्त रुपमा यी भवनहरुको उद्घाटन गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय, प्रमुख प्रसाशकीय अधिकृत मदन बहादुर थिंङ्ग, वडा अध्यक्ष सुरेन्द्र यादव, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, पब्लिक मा.वि.का.प्र.अ.राजकिशोर राय, सितलपुर प्रा.वि.का प्र.अ. शुशील कुमार यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र राय, एवं संस्थाका सचिव लिला पनेरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रमको उपलक्ष्यमा सहयोगी तथा साझेदार संस्थाहरुले विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकास कार्यको उच्च मुल्यांकन गर्दै विद्यालयको तर्फबाट संस्था र संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई दोसल्ला ओढाइ सम्मान–पत्र प्रदान गरेका थिए ।

न्यूजदैनिक डटकमको लागि सर्लाहीबाट हिरालाल श्रेष्ठ,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री