वीरगञ्ज । पर्साको वीरगञ्ज-८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही आफैंले बोकेको राइफल पड्किदा घाइते भएका छन् ।
घाइते हुनेमा पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान छन् ।
उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ ।
गम्भीर घाइते भएका चौहानको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको थियो ।
तपाईंको प्रतिकृया




