भारतमा २४ घण्टामा कोरोनाबाट १५८७ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा १५८७ जनाको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टामा ६२ हजार ४८० संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार ४९० पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ६२ हजार ७९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२ हजार संक्रमित भएका छन् भने ८८ हजार ९७७ संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८५ लाख ८० हजार ६४७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ७ लाख ९८ हजार ६५६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३८ करोड ७१ लाख ६७ हजार ६९६ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख २९ हजार ४७६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २६ करोड ८९ लाख ६० हजार ३९९ जनाले कोरोनाको खोप लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री