काठमाडाैँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १२ सयले घटेर ९० हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ३५ रुपैँयाले घटेर प्रतितोला १३०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




