पछिल्लो २४ घन्टामा २८ सय २८ संक्रमण

काठमाडौं  । पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस (कोभि‍ड-१९)संक्रमित फेला परेका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वताएकाे छ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। मन्त्रालयका अनुसार ४३ जिल्लामा संक्रमितको संख्या ५ सय बढी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री