काठमाडाैँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
तपाईंको प्रतिकृया




