बागमतीको बजेट ५७ अर्ब ७२ करोड

बागमतीको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट आज ल्याएकाे छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट प्रदेशसभामा पेश गरेका छन्।

२७ अर्ब ८२ करोड कर तथा राजस्व, १६ अर्ब ९२ करोड केन्द्र सरकारको अनुदान, ९ अर्ब १० करोड राजस्व वचत, ६ अर्ब अन्य कर र १ अर्ब ५ करोड विविधि आम्दानी देखाईएको छ । कुल बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पूँजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रहेको छ । वित्तीय ब्यबस्थापनतर्फ २ अर्ब बिनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले वताए ।

प्रदेश सरकारले कोभिडका कारण बाबु र आमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यो बाहेक अन्य कारणले बाबु आमा गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने समेत भएकाे छ । बागमती प्रदेश सरकारले प्रदेश भित्रका नागरिकलाई कोभिड विरुद्दको खोप लगाउन २ अर्ब बजेट विनियोजन गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री